Comments Add Comment

लुम्बिनीमा छैठौं सडक खाना महोत्सव हुने

सय वटा खानाका स्टल रहने

२ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘लुम्बिनी जाउँ, लुम्बिनीमै खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नारासहित सडक खाना महोत्सव हुने भएको हो । लुम्बिनी होटल संघ नेपालले छैठौ पटक सडक खाना महोत्सव आयोजना गर्दैछ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर डिसेम्बर ३१ तारिखका दिन आयोजना हुने एक दर्जन देशका विभिन्न खानाका परिकारहरु राखिने होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

महोत्सवमा नेपाली, चाइनिज, थाई,इटालीयन,जापानीज लगायतका स्टल रहने आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।

यस पटकको महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको छ ।

“नेपाल भ्रमण वर्ष २०२० को पूर्ब सन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरि तयारी गरेका छौं ,” उनले भने ।

लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई मध्यनजर गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको संघका महासचिब लीलामणि शर्माको भनाइ छ ।

महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा संघका सल्लाहकार हेम बहादुर विष्टले बताए ।

महोत्सवमा स्थानीय बिराहा नाच, विभिन्न जातीहरुको संस्कृति झल्कने प्रस्तुती तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ ।

प्याकेजमा ६ हजार ५ सय देखि हजार ९ हजारसम्मको प्याकेज बनाइएको छ । लुम्बिनीमा ४ हजार २ सय जनाका लागि बस्न सक्ने गरी ८० वटा होटल संचालनमा रहेका छन् । यसमा ५ वटा तारे होटल पनि समाबेश रहेको र स्थानीय खानाका परिकारहरुका छुट्टै स्टल राखिने संघका उपाध्यक्ष गोविन्द ज्ञवाली बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment