Comments Add Comment

न्युजिल्याण्डकी प्रधानमन्त्रीको रोचक जीवनशैली

विवाहअघि नै गर्भवती

न्युजिल्याण्डका बासिन्दालाई आफ्नो व्यक्तिगत जीवनको बारेमा नयाा नयाा कुरा खुलासा गरेर अचम्मित पार्ने गर्छिन्, प्रधानमन्त्री जसिण्डा आर्डर्न । सन् २०१८ को जुन महिनामा आर्डनले आफू गर्भवती भएको घोषणा गरिन् । जबकी त्यतिबेलासम्म उनीको औपचारिक विवाह नै भएको थिएन ।

जनवरी २०१८ मा यो घोषणा गरेकी उनले त्यही वर्षको जुन महिनामा छोरी जन्माइन् । त्यो समयमा नै सबैले थाहा पाए । किनभने उनी छोरी जन्मिएपछि ६ हप्ताको सुत्केरी बिदामा बसेकी थिइन् । त्यति बेला उनी ६ हप्ताको लागि सुत्केरी बिदामा बसेकी थिइन् । सो बिदा सकिएपछि उनले फेरि बिहे गर्ने घोषणा गरिन् । त्यो पनि अर्काे सरप्राइजको कुरा थियो ।

प्रधानमन्त्री जसिण्डाका प्रेमी आर्डन गेफोर्डलाई छोरा हेर्ने जिम्मा दिएर उनी फेरि काममा फर्किइन् । उनका प्रेमी गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता थिए । उनले त्यो काम छाडेर छोरा हेर्ने जिम्मेवारी लिएका हुन् । उक्त जोडीको २०१२ मा भेट भएको थियो । त्यसपछि उनीहरु निरन्तर प्रेम सम्बन्धमा छन् । छोरी पनि उनीहरु कै हो । तर, उनीहरुबीच विवाह भएको थिएन ।

३७ वर्षीया प्रधानमन्त्री आर्डन संसारकी दोस्री नेतृ थिइन् जो प्रधानमन्त्रीको पदमा रहँदैमा गर्भवती भएकी भइन् । योभन्दा पहिले सन् १९९० मा पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि पदमा हुँदैमा बच्चा जन्माएकी थिइन् ।

यो पनि पढ्नुहोस पाकिस्तानका प्रधानमन्त्री इमरान खान : जसले सरकारी सेवा–सुविधा त्यागे

२०१९ को अपि्रलमा आर्डनले फेरि अर्काे अचम्मित पार्ने काम गरिन् । उनी जे कुरा पनि गुपचुपमा नै सम्पन्न गर्छिन् । उनको व्यक्तिगत जीवनको बारेमा उनी कमै जानकारी दिन्छिन् । उनको र प्रेमी क्लार्क गेफोर्डका बीच यही अप्रिलमा इन्गिजमेन्ट भएको कुरा पनि एकैपटक पछि मात्रै थाहा भयो । त्यो पनि पत्रकार सम्मेलनको क्रममा उनको बीच औंलामा एउटा औंठी देखेपछि एक पत्रकारले उनलाई सो विषयमा सोधेकी थिइन् । सोही समयमा उनले आफ्नो इन्गेजमेन्टको बारेमा बताएकी थिइन् । त्यतिबेला उनले आफ्नो विवाहको मिति बारे भने बताइनन् ।

२०१८ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको सम्मेलनमा भाग लिन जाँदा आˆनो शिशु बच्चालाई साथमा लगेर उनले विश्वका नेताहरुमा सबैभन्दा नौलो काम गरेकी थिइन् ।

नायिका बन्न नपाउँदा प्रधानमन्त्री

उनी एउटा फिल्ममा काम गर्ने चाहना राख्थिन् । न्युजिल्याण्डका उनकै साथी पीटर ज्याक्सनले ‘लर्ड अफ द रिंग्स’ नामक फिल्म बनाउन लागेका थिए । त्यो फिल्महरूमा उनले पनि भूमिका राखिदिन आग्रह गरेकी थिइन् । तर, त्यो फिल्ममा उनी अस्वीकृत भइन् । त्यसैले उनलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍याइदियो । उनी भन्छिन् ‘ म अब राम्रो नेता बन्न चाहन्छु, राम्रो महिला नेता होइन । म केवल बच्चा जन्माउने महिलाको रूपमा चिनिन चाहन्न ।’

यो पनि पढ्नुहोस बंगलादेशकी प्रधानमन्त्री : भान्साको काममा जाँगर चलाउने, प्याज नखाने

३७ वषर्ीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन मार्फत् न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भइन् । प्रधानमन्त्रीको रुपमा घरबिदा सकेर फर्किने क्रममा उनले पत्रकारहरुसँग भनेकी थिइन् ‘म निर्धारित मिति मै काममा फर्किन्छु । तर, म काममा फर्किएपछि अवश्य पनि सबै समय मैले त्यही बच्चालाई नै सम्झिने छु ।’ उनले सुत्केरी भएपछिको ६ हप्ता जीवनमै छिटो बितेको अनुभूति पनि सुनाइन् ।

यो पनि पढ्नुहोस भुटानी प्रधानमन्त्रीको अनौंठो आनीबानी : बिरामी जाँच्न अस्पताल धाउने

उन न्युजिल्याण्डको इडनपार्क नजिकै एउटा आलिशान महलमा बस्छिन् । जहाँ तीन डबल बेडरूम, खुला किसिमको किचन, डाइनिङ रुम र पारिवारिक छुट्टै कोठा रहेको छ । एउटा उनको लागि गुप्त कोठा समेत छ । घरसँगै बगैंचा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment