Comments Add Comment

भीम रावलको कविता : एक्कासी धुँवाको मुस्लो बालुवाटारमा उठ्यो !

राजपासँगको सम्झौताबारे नेतारुले उठाए प्रश्न

३ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा राजपासँग गठबन्धन गर्ने सम्झौताप्रति नेकपा स्थायी कमिटी बैठकमा प्रश्न उठेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम, भीम रावल र युवराज ज्ञवालीले बैठक चलिरहेका बेला बालुवाटारमा सुटुक्क किन सम्झौता गरियो भनी प्रश्न उठाएका हुन् ।

बैठकको शुरुमै रावलले समय मागेर स्थायी कमिटी बैठक चलिरहेको बेला बैठकलाई जानकारी नदिई बालुवाटारमा कसरी सम्झौता भयो भनी प्रश्न गरेका थिए । उनले पार्टी अध्यक्षको प्रतिवेदनमा नियमित बैठक बस्न नसकेकोमा आत्मालोचना गर्दै भविष्यमा यस्तो नहुने भनिरहेका बेला बैठककै बीचमा बालुवाटारमा सहमति हुनु गलत रहेको बताए ।

रावलले स्थायी कमिटी बैठकलाई छलेर बालुवाटारमा राजपासँग सम्झौता गरिएको विरोधमा आफ्नो लिखित कविता सुनाएका थिए । कवितामा नेतृत्वप्रति आक्रमण गर्दै नाकाबन्दी गर्नेसँग सम्झौता गरिएको भनी आलोचना गरिएको छ । उनले आफ्नो कविता बैठकमा फोटोकपी गरेर बाँडेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतमलगायतकाले पनि पार्टीको विधि तथा प्रणाली मिचेर स्वेच्छाचारी ढंगले बालुवाटारमा सम्झौता गरिएको आरोप लगाएको एक नेताले बताए । गौतमले यो सम्झौताबाट नेकपाले के लाभ पाउने भयो ? भन्दै प्रश्न गरेका थिए ।

राजपासँगको सम्झौता कुन नीति र सिद्धान्तअनुसार गरियो ? कुनै दुई जनालाई सांसद बनाउनका लागि मात्र हो कि पार्टीले लाभ पनि पाउँछ ? भनी प्रश्न गरेको एक स्थायी कमिटी सदस्यले बताए ।

अरुले पनि बोल्न खोजेपछि अध्यक्ष प्रचण्डले यसबारेमा पछि समीक्षा गरौंला भन्दै विषयान्तर गरेका थिए ।

पढ्नुहोस् भीम रावलको कविता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment