Comments Add Comment

जाउलाखेलमा किया मोटर्सको शोरुम

४ पुस, काठमाडौं । विश्व प्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।

थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पार्ट) सहितको शोरुमको शुक्रबार ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरे । शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी पाउनुका साथै बिक्रीपछिको सेवा पनि दिने कम्पनीले जनाएको छ ।

शोरुम उद्घाटनसंगै किया सेल्टोसको पनि अनावरण गरिएको छ । नेपालमा समेत ग्राहकहरुको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्री सुरु गरेको किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिए ।

सेल्टोसको मुल्य नेपाली बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजारसम्म पर्नेछ । किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजारसम्मको नगद छुटको सुविधा दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment