Comments Add Comment

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का महसुस    

काठमाडौं । अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले जनाएको छ ।

भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दू अफगानिस्तानको उत्तरी राज्य बदखासनको जुर्मबाट ५१ किलोमिटर दक्षिणपश्चिममा २०० किलोमिटरको गहिराईमा रहेको विभागले जनाएको छ ।

स्थानीय समय अनुसार साँझ ५:१५ बजे अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको इस्लामावाद, भारतको नयाँ दिल्लीलगायतका स्थानमा भूकम्पको धक्का केही सेकेण्ड गरिएको थियो ।

भूकम्पपछि ठूला भवनहरूमा काममा व्यस्त स्थानीयहरूबीच भागदौड भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने आइनसकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment