Comments Add Comment

इण्डो प्यासिफिक अन्तर्गत भए एमसीसी अस्वीकार्य : प्रचण्ड

४ पुस, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इण्डो प्यासिफिक रणनीति अन्तर्गत भए अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

यसबारे स्थायी कमिटीमा समेत छलफल भइरहेको उनले पार्टी सांसदहरुलाई जानकारी दिए ।

शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्ड भने, ‘बाहिर हल्ला गरे जस्तो इण्डो प्यासिफिक ओरियन्टेड हो भन्ने भयो भने स्वीकार गर्दैनौं । शान्ति र विकासका लागि हो भने अगाडि बढाउन सकिन्छ ।’

उनले यसबारे पार्टीले निर्णय गरेपछि संसदीय दलमार्फत जानकारी गराइने बताए ।

बिहीबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसीसीबारे प्रश्न उठाएका छन् । इण्डो प्यासिफिक रणनीतिको अंग भए एमसीसी स्वीकार्य नहुने र नभए पनि संसदमा विचाराधीन सम्झौतामा थुप्रै सुधार गर्नुपर्ने बताएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसीसी, इण्डो प्यासिफिकको अंग नभएको बताएका थिए ।

संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले उपचुनावको परिणाम झस्काउने खालको भएको बताए । धरान, भरतपुर र भक्तपुरको चुनावलाई उदाहरणका रुपमा प्रस्तुत गरेका उनले सचेत नभए प्रश्न उठ्नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment