+
+

हिमालयन डिष्टिलरीको १७१ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १८:१६

६ पुस, काठमाडौं ।  हिमालयन डिष्टिलरी लिमिटेडको १९ औं वाषिर्क साधारण सभा कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा भएको छ ।

सम्पन्नसभाले स्विकृत गरेको नगद लाभांस ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरीआ.व. २०७५/०७६ को कुल लाभांस १०२.६३ प्रतिशत घोषणा गरेको छ ।

संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा प्रति शेयर रु.६८.४२ वितरण गरेको समेत गरी आव २०७५/०७६ मा जम्मा १७१.०५ प्रतिशत लाभांश घोषणा गर्ने वहुराष्ट्रिय कम्पनीवाहेक नेपालमा सुचिकृत कम्पनी मध्ये उत्कृष्ट भएको कम्पनी दावी गर्छ ।

१९ वर्ष अगाडि स्थापना भएको उच्च स्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामापारिवारिक विरासत कायम रहेको छ ।

यसको लोकपि्रय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको रनेपालमा १० लाख कार्टुनभन्दा वढि प्रति वर्ष विक्री हुने केवल यहिएक मात्र व्राण्ड हो ।

हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ ।

हिमालयन डिष्टिलरी लिमिटेडले आव २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित रु.६ अरव ४४ करोड ११ लाखको संचालन आम्दानी हासिल गरेको छ ।

त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित रु.५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ । विगत ५वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वाषिर्क औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?