Comments Add Comment

आर्यन र ईशालाई जयकर स्मृति टेनिसको उपाधि

६ पुस, काठमाडौं । आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फको उपाधि हात पारेका छन् । विजयी खेलाडीहरुले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

आइतबार सम्पन्न भएको पुरुष तर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४ र ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४ र ६–३ ले नै पराजित गर्दै उपाधि हात पारेकी हुन् । पराजित अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय प्राप्त गरे ।

प्रतियोगिताको योङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुईंकेल र महिला तर्फ जु युचेन रहे । उनीहरुले गिफ्ट ह्याम्पर प्राप्त गरे ।

सातदोबाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फको प्रतिस्पर्धामा आयुश्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । उनले नगद २० हजार सहिति मेडल तथा प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

जयकर स्मृती एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२ र ४–० सेटमा पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । महिला तर्फ शिभाली गुरुङ्गले बाजी मारिन् । उनले कर्मिष्ठा नुघालाई ८–६ र ५–३ ले पराजित गरिन् । स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु–८ पुरुष तर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३ र १०–६ ले तथा शिभाली गुरुङ्गले आयुशा जि.सी.लाई १०–६ र १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे । प्रणव र शिभालीले नगद ५ हजार र संजोग र आयुशाले नगद २५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई उदियमान खेलाडी प्रेरणा कोइराला, एनी माथेमा, एसपी अशोक सिंह, प्रशिक्षक कृष्ण घले, प्रायोजक दीपक कार्की, ओलम्कि कमिटिका निरज श्रेष्ठ र आयुष जोशी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment