Comments Add Comment

सातमहिने बालक कसरी बन्यो सहरको मेयर ?

हामीकहाँ मेयर बन्नका लागि चुनावमा कस्तो रस्साकस्सी हुन्छ भन्ने कुरा देखिएकै छ । तर अमेरिकाको ह्वाइटहल सहरमा भने एकजना ७ महिनाको बच्चालाई मेयर बनाइएको छ ।

विलियम चार्ल्स म्याकमिलन उर्फ चार्ली नामको बच्चा उक्त सहरको मेयर बनेको हो । योसँगै चार्ली विश्वकै सबैभन्दा कम उमेरको मेयर बन्न सफल भएको छ ।

गतहप्ता ह्वाइटहल सामुदायिक केन्द्रमा चार्लीले मेयर पदको शपथ लिएको छ । शपथग्रहण समारोहमा झण्डै डेढ सय मानिस सहभागी थिए । मेयरको सपथ खाँदा बोल्नुपर्ने कुरा सात महिने बच्चाले बोल्न सक्ने कुरा भएन । त्यसैले चार्लीको साटो उसका बुवा आमाले शपथको भाषा पढेका थिए ।

शपथपत्रमा लेखिएको थियो, ‘म विलियम चार्ली म्याकमिलन प्रतिज्ञा गर्दछु कि ह्वाइटहलको मेयर पदमा इमान्दारी तथा आफ्नो क्षमता अनुसार उत्कृष्ट काम गर्नेछु । मैले जनताहरूलाई आग्रह गर्न चाहन्छु कि तपाईंहरू खेल पैदानमा मित्रवत् रूपमा आउनुहोस्, उत्तम जीवन जिउनुहोस्, सरसफाइमा ध्यान दिनुहोस्, स्वयंसेवी वारुणयन्त्र विभागमा बिस्कुटहरू दान गर्नुहोस्, सबैभन्दा ठूलो क्याटफिस समाउनुहोस् र ह्वाइटहलका समुदायको रक्षा गर्नुहोस् ।’

समाचार अनुसार, ती सातमहिने बच्चा लिलाम बढाबढबाट सहरको मेयर बनेका हुन् ।

वास्तवमा हरेक वर्ष ह्वाइटहल स्वयंसेवक अग्निनियन्त्रण विभागले हरेक वर्ष कोष संकलनका लागि बिबिक्यूको आयोजना गर्दछ । सोही कार्यक्रमका बेला मेयरपदको समेत लिलामी गरिन्छ । यथार्थमा त्यसरी लिलामी गरिने मेयरको पद वास्तविक मेयर भने हुँदैन । त्यो केवल कोष संकलनका लागि मात्र हो । जसले धेरै रकमको बोली लगाउँदछ उसैलाई नै कथित मेयरको पद दिइन्छ । यो पालका चार्लीका बाबु आमाले आफ्नो छोरालाई मेयर बनाउनका लागि सबैभन्दा धेरै रकमको बोली लगाए र छोरालाई एकछिने मेयर बनाइछाडे ।

नाममात्रैको मेयर बन्न सफल भएपछि चार्ली सेलिब्रेटी नै बन्यो । कार्यक्रम अवधिभर सबै मानिसले ऊसँग फोटो खिच्न तछाडमछाड गरे । सहभागीहरूले अहिले अमेरिकाको इतिहासमै कठीन समय चलिरहेको भन्दै चार्ली समुदायमा शान्ति र सद्भावको प्रतीक रहेको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment