Comments Add Comment

ट्वाइलेटप्रेमी कर्मचारीमाथि लगाम लगाउन कम्पनीको यस्तो जुक्ति

कामचोर कर्मचारीहरूले समय कटाउन के के मात्र गर्दैनन् ? कतिपय कर्मचारीहरू पटक पटक ट्वाइलेटमा गएर तथा ट्वाइलेटमा लामो समयसम्म बिताएर समेत अफिसमा ठग्ने गर्दछन् । ट्वाइलेटप्रेमी यस्ता कामचोर कर्मचारीप्रति लगाम लगाउनका लागि बेलायतको एउटा कम्पनीले निकै अनौठो उपाय अपनाएको छ ।

स्टाण्डर्ड ट्वाइलेटनामक कम्पनीले कर्मचारीहरूले ट्वाइलेटमा लामो समय बिताउन नपाउन् भन्नका लागि दुनियाँकै सबैभन्दा असजिलो ट्वाइलेट बनाएको छ ।

सो ट्वाइलेटको सिट १३ डिग्री झुकेको छ । यो ट्वाइलेट सिटले मानिसहरूको ट्वाइलेटमा बिताउने अनावश्यक समय घटाउन सहयोग गर्ने दाबी कम्पनीको छ । किनकि मानिसहरू यो ट्वाइलेट सिटमा दिसा गरिरहँदा लामो समयसम्म आनन्दसँग बस्न अप्ठेरो हुन्छ । त्यसैले छिटो–छिटो दिसापिसाब गरिवरि उठिहाल्नु पर्दछ । कम्पनीका अनुसार यो ट्वाइलेट सिटमा ५ मिनेटभन्दा बढी समय बसिरहन गाह्रो हुन्छ ।

ब्रिटिस ट्वाइलेट एसोसिएसनको सहयोगमा यो ट्वाइलेटको डिजाइन गरिएको हो । यो आम परम्परागत ट्वाइलेट सिटभन्दा फरक छ । अगाडिको यसको भाग केही ओरालो भएको हुँदा यसमा बस्दा अगाडिपट्टि चिप्लने खालको हुन्छ र लामो समयसम्म बस्दा खुट्टामा धेरै दबाव पर्ने र असहज उत्पन्न हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment