Comments Add Comment

श्रीलंकाविरुद्ध दोस्रो टेस्टमा पाकिस्तानको ठूलो जित

७ पुस, काठमाडौं । पाकिस्तानले आफ्नो घरेलु मैदानमा भएको टेस्टमा श्रीलंकाविरुद्ध २ सय ६३ रनको जित हात पारेको छ । आईसीसी च्याम्पियनसीप अन्तरगत दोस्रो टेस्टमा हासिल गरेको यो जितले पाकिस्तानलाई अंक तालिकाको तेस्रो स्थानमा उकालेको छ ।

स्मरणीय के छ भने पाकिस्तान पहिलो इनिङमा एक सय ९१ रनमै समेटिएको थियो र श्रीलंकाले ८० रनको अग्रता लिएको थियो । तर, दोस्रो इनिङमा पाकिस्तानी ब्याट्सम्यानहरुले उत्कृष्ट पुनरागमन गरे । अघिल्लो पंक्तिका चार जना ब्याट्सम्यानले लगातार सतक बनाएका थिए, जुन घटना टेस्ट क्रिकेटको इतिहासमा दोस्रोपटक भएको हो ।

ओपनिङ जोडी अविद अलि र सान मुसदले २ सय ७८ रनको साझेदारी गरेका थिए । मसुद एक सय ३५ र अली एक सय ७५ रन बनाएर आउट भए । खराब फर्मबाट गुजि्ररहेका कप्तान अजहर अलीले पनि एक वर्षपछि पहिलो शतक प्रहार गरे । यसैगरी उत्कृष्ट फर्ममा रहेका बबर आजमले आफ्नो नाममा अर्को शतक थपे ।

पाकिस्तानले ३ विकेट क्षतिमा ५ सय ५५ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । ४ सय ७६ रनको विशाल लक्ष्य लिएर चौथो इनिङमा ब्याटिङ गर्न आएको श्रीलंका २ सय १२ रनमै अलआउट भयो । श्रीलंकाका ओपनर ओसान्दा फर्नान्डोले क्रिजमा लामो समय संघर्ष गरेका थिए ।

शतकीय इनिङ खेलेका फर्नान्डो स्पिनर यासिर शाहको हातबाट आउट भए । विकेटकिपर निरोशन डिकवेल्लाले ७५ बलमा ६५ रन बनाए । यी दुईबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । श्रीलंकाले आफ्नो खातामा कुनै रन नथपि पछिल्ला चार विकेट गुमाएको थियो ।

पाकिस्तानका साइन अपि|mदीले पहिलो इनिङमा पाँच विकेट लिएका थिए भने दोस्रो इनिङमा नसिम शाहले पाँच विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment