Comments Add Comment

पाल्पाबाट लागूऔषधसहित एक पक्राउ

७ पुस, पाल्पा । लागूऔषधसहित पाल्पाबाट एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल रहेका छन् ।

हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

प्रहरीले गत मंसिर अन्तिम साता पनि दोभान झुम्साबाटै लागूऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागूऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment