Comments Add Comment

सिद्धार्थ बैंकको १ नँया शाखा र ४ शाखाको औपचारिक उद्घाटन

७ पुस, काठमाडौं । सिद्घार्थ बैंकले सोमबार प्रदेश नं ५अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नै सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनिशाह सुडीबाट भएको थियो।

बैंकले दुहबी शाखा गत फागुन २७ गते, गढी शाखा गत२०७४ माघ ७ गते, गोलबजार शाखा गत२०७६ कार्तिक १५ गते र लहान शाखागत २०७५ वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

उक्त लुम्बिनी शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment