Comments Add Comment

१५ वर्षमुनिको महिला फुटबल : भुटानमाथि नेपालको ६-१ को जित

७ पुस, काठमाडौं । १५ वर्षमुनिको महिला फुटबलमा नेपालले भुटानलाई ६-१ ले पराजित गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा नेपालकी अमिसा कार्कीले ह्याट्रिक पूरा गरिन् भने प्रिती राईले २ गोल र सुनकली राईले एक गोल गरिन् । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् ।

खेलको पाँचौं मिनेटमै सुनकलीको गोलमा अग्रता लिएको नेपालका लागि १२ औं मिनेटमा अमिसाले गोल थपिन्‍ । १४ औं मिनेटमा भुटानले गोल फर्काएपनि त्यसपछि खेल नेपालकै पक्षमा आयो । नेपालका लागि प्रिती राईले ४४ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ ३-१ को स्थितिमा रह्यो ।

त्यसपछि ४८ औं र ५४ औं मिनेटमा लगातार दुई गोल गरेर  अमिसाले ह्याट्रिक पूरा गरिन् । ८९ औं मिनेटमा प्रिती राईले गोल थपिन् । नेपालले भुटानसँग अर्को मैत्रीपूर्ण खेल बुधबार खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment