Comments Add Comment

कानून कार्यान्वयन हुने खालको बन्नुपर्छ : सभामुख घर्ती

७ पुस, बुटवल । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले कानूनलाई वैज्ञानिक र परिष्कृत बनाउने आफूहरु लागिपरेको बताएका छन् । कानून कति बने भन्दा पनि कत्तिको कार्यान्वयन हुने खालका कानून बनेका छन् र कत्तिको कामयावी छन् भन्ने बढी महत्वपूर्ण हुने उनको भनाइ छ ।

नेपाल बार एशोसिएशनको ६४ औं स्थापना दिवसको अवसरमा उच्च अदालत बार एशोसिएशन बुटवलद्वारा सोमबार बुटवलमा आयोजित अन्तक्र्रियामा उनले कानून व्यवसायी समाजका अग्रणी व्यक्तित्व र समाजका इन्जिनियर भएकाले सम्मुन्नत समाज निर्माणमा महत्वपूर्ण भूमिका हुने बताए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले कानून व्यवसायी अध्ययनशील र पेशामै रमाउने प्रवृत्ति जरुरी रहेको बताए ।

प्रदेश ५ का मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले कानून व्यवसायी समाज निर्माण गर्ने अभियन्ता भएकाले धेरै मेहनत गर्नुपर्ने बताए । संविधान र कानूनका साथै व्यावहारिक न्याय पार्ने कुरामा पनि ध्यान जानुपर्ने उनको भनाइ छ ।

उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले कानून व्यवसायी सामाजिक अभियन्ता भएकाले न्यायकर्मी, प्राध्यापक, कानून व्यवसायी, विद्यार्थी लगायतका बीचमा अन्तक्र्रिया गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment