Comments Add Comment

अनौठो मन्दिर, जहाँ देउतालाई चाउचाउ चढाइन्छ

काठमाडौं । मन्दिरमा प्रसादको रुपमा दूध, मिठाई, फलफूल आदि चढाइन्छ । तर भारतको पश्चिम बंगालमा एउटा यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा चाउचाउ चढाइन्छ ।

उक्त मन्दिरलाई चाइनिज काली मन्दिर भनिन्छ । उक्त मन्दिरमा हिन्दूसँगै ठूलो संख्यामा चिनियाँ र बौद्ध धर्माबलम्बीसमेत पूजा आराधनाका लागि आउँदछन् । रोचक त के भने काली मातालाई प्रसादको रुपमा भक्तजनले चाउचाउ चढाउँछन् ।

पश्चिम बंगालको टेंगरा इलाकामा उक्त मन्दिर छ । किम्वदन्ती अनुसार ६० वर्ष पहिले त्यहाँ कुनै भक्तले दुईवटा काला पत्थरमा सिन्दुर लगाएर रुखको फेँदमा राखेर त्यसको पूजा गरेका थिए । सोही ठाउँमा पछि मन्दिर बनाइयो ।

उक्त मन्दिरको परिसरमा हातले तयार गरिएका कागजहरु जलाइन्छ । यसो गर्दा प्रेतात्माहरु टाढा भाग्ने आम जनविश्वास छ ।

उक्त चाइनिज काली माताको मन्दिर भएको क्षेत्रलाई ‘चाइना टाउन’ पनि भनिन्छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment