Comments Add Comment

आफ्नो सोलमेटलाई कसरी चिन्ने ?

जीवनमा सोलमेट (प्रेमी/प्रेमिका) तपाईंंको श्रीमान् अथवा ब्वाईफ्रेन्ड नै हुनुपर्छ भन्ने हुँदैन । तपाईंंको सोलमेट जोपनि हुन सक्छ । तपाईंंको रोमान्टिक पार्टनर, साथीभाइ, आफन्त अथवा तपाईंंको शिक्षक पनि तपाईंंको सोलमेट हुनसक्छ । जोसँग तपाईंंको गहिरो र बलियो कनेक्सन महसुस गर्नुहुन्छ ।

तपाईंंको सोलमेटले तपाईंंलाई चुनौतीहरु दिनसक्छ । प्रेरणा दिन्छ साहरा दिन्छ र उ हरेक समय तपाईंंको दिमागमा हुन्छ । तपाईंंलाई जीवनमा के को चाहना छ भन्ने कुरा महसुस गर्छ । तपाईंं उसँग शारीरिक, मानसिक र भावनात्मक रुपले कनेक्टेड हुनुहुन्छ ।

आफ्नो सोलमेटलाई कसरी चिन्ने ?

उसँग सम्पर्कमा आउनासाथ तपाईंंको मनलाई शान्तिको अनुभव हुन्छ । त्यस्तो कुनै व्यक्ति, जोसँग तपाईंं सहजता, यर्थाथता, शान्ति र सुरक्षित महसुस गर्नुहुन्छ ।

तपाईंं खुशी रहनु हुन्छ । उसको उपस्थितिले तपाईंंको मनको छटपट कम हुन्छ र हरेक कामलाई खुशीसाथ गर्न मनलाग्छ भने ऊ नै तपाईंको सोलमेट हो भन्ने कुरा बुझ्नु पर्छ ।

लामो समयदेखि एक-अर्कासँग परिचित भएको अनुभव हुनु

जब तपाईंंको पहिलो पटक उसँग भेट हुँदा पनि उ अपरिचित लाग्दैन । उसँग कुरा गर्दा तपाईंं नर्भस महसुस गर्नुहुन्न । आफ्ना हरेक कुरा उसँग सेयर गर्न सक्छु जस्तो लाग्छ ।

उसँग कुनै पनि गोप्यता राख्नुपर्छ जस्तो लाग्दैन । उसलाई पूर्णरुपले विश्वास गर्नुहुन्छ । यस्तो फिलिङ्स आफ्नो सोलमेटसँग भेट्दा मात्र आउँछ ।

हृदयबाटै आउँछ आवाज

तपाईंंको उमेर जति भए पनि अथवा जति व्यक्तिप्रति तपाईंंको आकर्षण रहिसकेको भएता पनि, तपाईंं विवाहित भए तापनि जिन्दगीमा एउटा त्यस्ता मोड आउँछ । जब तपाईंंलाई कसैसँग भेटेपछि यो व्यक्ति त्यही हो, जसको मलाई लामो समयदेखि पर्खाई थियो भन्ने अनुभव हुन्छ ।

उसँग तपाईंं जीवनमा स्थिरताको महसुस गर्नुहुन्छ । तपाईंं कहिले अलग हुनुहुन्न थियो भन्ने मनको गहिराइबाट महसुस हुन्छ । यदि तपाईंंलाई यी सबै कुरा महसुस हुन्छ भने त्यो व्यक्ति नै तपाईंंको सोलमेट हो ।

सामर्थ्य बढ्छ

कुनै व्यक्ति जो नजिकहुँदा नै तपाईंंले आफू भित्र उर्जा, सकारात्मकता तथा साहस महसुस गर्नुहुन्छ । हरेक चुनौतीलाई सामना गर्ने तथा अफ्ट्याराहरुलाई हराउनका लागि उभिन सक्नुहुनेछ अथवा कुनै व्यक्ति जो अँध्यारोकोबीच प्रकाशको रुपमा तपाईंंसँग हुन्छन् । तिनै व्यक्ति तपाईंंका सोलमेट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment