Comments Add Comment

धेरै चिनी खानेहरु कुन देशका ?

नामचीन मेडिकल जर्नल ल्यान्सेटमा ग्लोबल बर्डन अफ डिजिजका सम्बन्धमा एउटा अध्ययन भएको थियो । उक्त रिपोर्ट प्रकाशित भएपछि इजरायलका मिडियामा धेरै सेलिब्रट गरियो ।

वास्तवमा, उक्त अध्ययनमा संसार भरीका एक सय ९५ देशहरुबाट संकलित स्वास्थ्य तथ्यांक समावेश गरिएको थियो । उक्त अध्ययन अनुसार इजरायल संसारको त्यस्तो देश हो, जहाँ खानपानका कारण हुने मृत्युदर सबैभन्दा कम छ ।

यो खबर प्रकाशित भएपछि संसारभरी त्यस्ता लेखहरु प्रकाशित हुन थाले । जसले मानिसहरुलाई इजरायली मानिसहरुको जस्तै खानपानका लागि प्रोत्साहित हुन्थ्यो ।

यदि तपाईं पनि त्यही कुरालाई पछ्याउनु हुन्छ भने संसारको कुनै पनि देशको नागरिकको तुलनामा तपाईं धेरै चिनी प्रयोग गर्ने मध्येको एक व्यक्तिमा गनिनुहुन्छ ।

सन् २०१८ मा इजरायलमा प्रतिव्यक्ति चिनीको खपत ६० किलोग्रामभन्दा कम थियो अर्थात् दिनहुँ प्रतिव्यक्ति १ सय ६५ ग्रामभन्दा धेरै चिनीसेवन हुनु । आईएसओ-इन्टरनेशनल सुगर अर्गनाइजेसनबाट जुन प्रकारका तथ्यांकहरु प्राप्त भएका छन् । त्यही अनुसार संसारमा सबैभन्दा धेरै चिनी खपत हुनु हो ।

डाइबिटिज विशेषज्ञहरुका अनुसार इजरायलमा हरेक दिन प्रायः बयस्क ३० चम्चाभन्दा धेरै चिनी खान्छन् । यो कुनै जोखिमभन्दा कम हुँदैन । सबैभन्दा धेरै चिनी खाने पाँच देशहरुमा इजरायलपछि मलेशिया, बारबाडोस, फिजी र ब्राजिलको नाम आउँछ ।

त्यस्तै, संसारमा सबैभन्दा कम चिनी खपत उत्तर कोरियामा हुन्छ । जहाँ २०१८ मा प्रतिव्यक्ति चिनीको खपत ३ दशमलव ५ किलोग्राम थियो भने छिमेकी देश दक्षिण कोरियामा प्रतिव्यक्ति ३० दशमलव ६ किलोग्राम चिनीको खपत हुन्छ ।

अमेरिकामा खानपानका कारण विभिन्न रोगहरु उत्पन्न हुन्छन् र त्यहाँ त्यसबारेमा धेरै अध्ययन पनि भएका छन् । तर अमेरिकामा प्रति व्यक्ति ३१ दशमलव १ किलोग्राम चिनी खपत हुन्थ्यो । यो तथ्यांक अनुसार अमेरिका संसारभरीमा चिनी खपत गर्ने शीर्ष २० देशहरुमा पनि समावेश नभएको प्रमाणित हुन्छ ।

तर, तथ्यांक अनुसार चिनीको सबैभन्दा धेरै खपत भारतमा हुन्छ । सन् २०१८ मा भारतमा २५ दशमलव ३९ मिलियन मेटि्रक टन चिनीको खपत भयो । यो युरोपियन युनियनका सबै देशहरु मिलाउँदा पनि यति चिनीको खपत धेरै भएको पाइन्छ ।

कहिलेकाहीँ खपतको तथ्यांकबाट मानिसले आफ्नो खानपानमा चिनीको कति प्रयोग कति गर्छन् भन्ने पत्ता लाग्दैन । यसबाहेक सुगर फ्रि भनिने कुरामा पनि यसलाई तयार गर्ने क्रममा नै यसमा चिनी मिसाइन्छ । यसबाहेक केही खानामा चिनीको मात्रा स्वभाविक रुपमा धेरै हुन्छ । जस्तै फलफुलको जुस ।

यी सबै कुरालाई जोड्ने हो भने संसारमा चिनीको खपत लगातार बढ्दैछ । इन्टरनेशनल सुगर अर्गनाइजेशनको तथ्यांक अनुसार सन् २००१ मा १२३ दशमलव ४ मिलियन मेटि्रक टन चिनी खपत हुन्थ्यो भने २०१८ मा यसको खपत बढेर १७२ दशमलव ४ मिलियन मेट्रिक टन भयो ।

यस हिसाबले हेर्ने हो भने संसारभरीमा प्रति व्यक्ति चिनीको खपत लगभग २२ दशमलव ६ किलोग्रामको आसपास रहेको छ ।

चिनीको खपत बढ्नुको कारण

परम्परागत हिसावले हाम्रो शरीरको उर्जाको स्रोत हिसावले चिनी सस्तो र सुलभ भएका प्रमुख कारणले गर्दा हामी चिनी प्रयोग बढी गर्छौं ।

अमेरिकी फुड एण्ड एगि्रकल्चरल अर्गनाइजेसनका अनुसार हाम्रो समाजमा चिनी सामान्य मानिसहरुको प्रयोगको आवश्यक कुरा र गरिबहरुका लागि उर्जाको सबैभन्दा सस्तो स्रोत रहेको छ ।

यो दशकमा देशभरीमा चिनीको खपत बढेको छ । अहिले हाम्रो खानपानमा प्रोसेड फुडको खपत पनि बढ्ेको छ ।

अमेरिकी कृषि विभागको तथ्यांक अनुसार सन् २०१२ को सुरुवाती महिनासम्म संंसारभरीमा फुड प्रोडक्टको बिक्रीमा ७७ प्रतिशत भाग प्रोस्सेड फुडले ओगटेको छ ।

प्रशोधित खानाको सबैभन्दा महत्वपूर्ण कुरा भनेको नै चिनी हो । कहिले स्वाद त कहिले प्रोडक्टको प्रयोग गर्ने अवधि बढाउनका लागि यसको प्रयोग गरिन्छ । संसारभरीका विभिन्न स्वास्थ्य अधिकारिहरुका अनुसार विश्वव्यापी मोटोपनको महामारीको सबैभन्दा महत्वपूर्ण कारण चिनीको अत्याधिक खपत हुनु हो ।

चिनी कम खानुपर्छ

सन् २०१५ मा विश्व स्वास्थ्य सँगठनले अधिकारीहरुले कम मात्रामा चिनी खाने सिफारिस गरेका थिए । उनीहरुले वयस्क र बालबालिकाहरुलाई आफ्नो कूल इनर्जी इनटेकमा चिनीको मात्रा १० प्रतिशतभन्दा कम हुनुपर्छ ।

विश्व स्वास्थ्य सँगठन अनुसार यदि तपाईं यस बाहेक चिनीको खपतमा पाँच प्रतिशत अर्थात् २५ ग्राम अथवा ६ चम्चा दिनहुँ चिनी सेवनलाई कम गर्नुहुन्छ भने यसले तपाईंलाई धेरै फाइदा प्रदान गर्छ ।

बि्रटिश हार्ट फाउन्डेशनका वरिष्ठ डाइटिसियन भिक्टोरिया टेलरका अनुसार स्वास्थ्य अधिकारीहरुले चिनी कम खान भने पनि हामी सबै उमेरका मानिसहरुले चिनीको सेवन धेरै गरिरहेका छौं ।

कर लगाउने उपाय

पछिल्लो केही समयमा धेरै देशहरुमा चिनी कम खाने सल्लाह मात्र दिईँदैन, २० भन्दा बढी देशहरुमा त चिनी समावेश भएको उत्पादन, विशेष गरेर सफ्ट डि्रक्सहरुमा कर पनि बढाइएको पाइन्छ ।

हालसालै सिँगापुरले धेरै चिनी समावेश भएका डि्रङ्क्सलाई प्रमोट गर्ने किसिमका विज्ञापनहरुमा प्रतिबन्ध लगाएको छ । पेयहरुमा प्रतिबन्ध लगाउने सिँगापुर पहिलो देश हो ।

इनर्जी पेयमा ध्यानदिनुको कारण बुझ्न गाह्रो छैन । त्यस्ता पेयहरुमा चिनीको मात्रा धेरै हुने र पोषक तत्व पनि कम हुन्छ । तर, संसारमा त्यस्ता पेयको प्रयोग अत्यधिक मात्रामा हुन्छ ।

हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको तथ्यांक अनुसार ३ सय ५५ मिलिलिटरको अरेन्ज सोडामा ११ चम्चा चिनी समावेश हुन्छ ।

धेरै अध्ययनहरुका अनुसार यस्ता इनर्जी पेयको प्रयोगले वजन बढाउँछ । यसले टाइप २ डायबिटीज, हृदय रोग र समय अगाडि नै मृत्यु हुने खतरा पनि बढाउँछ ।

चिनीको धेरै आलोचना भएको केही मानिसहको राय रहेको छ । इन्टरनेशनल सुगर अर्गनाइजेशनका अध्यक्ष जोसे ओराइवका अनुसार मानिसहरु स्वास्थ्यलाई नोक्सान पुर्‍याउने धेरै कुराहरु खान्छन् । तर, मानिसको स्वास्थ बिग्रनुको कारण चिनी मात्र हो पनि भनिन्छ ।

ओराइवका अनुसार चिनीको आलोचना धेरै हुन्छ । तर, चिनी उर्जाको मुख्य स्रोत हो र आमाको दुधमा पनि चिनीको मात्रा रहेको हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

उनी भन्छन् ‘मोटोपनको महामारी कम गर्न केवल चिनीलाई मात्र निशाना बनाउनु हुँदैन । अन्य कारकहरुको पनि अहम् भूमिका हुन सक्छ । जस्तै हाम्रो भोजनको तुलनामा शारीरिक गतिविधि कम हुनु पनि हो ।’

खानपानको तालमेल नमिल्नु

चिनीको प्रयोगमा रोकथामका लागि बि्रटेनमा काम गर्ने रिसर्चर र वैज्ञानिकहरुका अनुसार एक्सन सुगरकी न्यूटि्रसियनिस्ट हली ग्याबि्रएल भन्छिन् ‘चिनीको समस्या माटोपनको कारणको एक भाग मात्र हो ।’ उनका अनुसार मोटोपनको समस्याहरुमा पर्यावरण र हाम्रो खानपानमा अनियमितता पनि प्रमुख कारण हुन् ।

हिजोआज चिनीको प्रयोग केबल मीठो स्वाद बनाउनका लागि मात्र हुँदैन । उत्पादनलाई धेरै समयसम्म सुरक्षित राख्नका लागि पनि चिनीको प्रयोग हुन्छ ।

यस विषयमा ओराइव भन्छन् ‘चिनीमा कर लगाउने व्यवस्थाले केवल सरकारको आम्दानी बढ्छ भन्ने मात्र प्रष्ट हुन्छ । तर, यस प्रकारको बहसमा फुड एन्डस्ट्रीका प्रमुखहरुलाई पनि समावेश गर्नुपर्छ र उनीहरुलाई पनि आफ्नो कुरा राख्ने मौका दिनुपर्छ ।’

केही देशहरुमा फुड र डि्रङ्क्स कम्पनीहरुले यस्तो काम गरेका छन् । उनीहरुले आफ्नो उत्पादनमा चिनी र नुनको मात्रा कम गरेका छन् ।

यस्ता डि्रंक्सहरु कर लगाउने नियम प्रभावकारी हुन्छ ? भन्ने गहन प्रश्न रहेको छ ।

न्यूजिल्यान्डको ओटागो यूनिभर्सिटीका रिसर्चरहरुले सफ्ट डि्रङ्क्समा १० प्रतिशत कर लगाएपछि यसको खपतमा १० प्रतिशत कम हुन सक्ने बताउँछन् । केही स्थानहरुमा फुड र डि्रंक उत्पादनहरुमा लगाईको करबाट बच्नाका लागि आफ्नो उत्पादनमा परिर्वतन पनि गरेका छन् । बि्रटेनमा काम गर्ने संस्था एक्सन अनसुगरका अनुसार सन् २०१८ पछि पेय पदार्थहरुमा चिनीको मात्रामा २० दशमलव ८ प्रतिशतसम्म कम भएको पाइएको छ ।

धेरै देशहरुमा सुगर ट्याक्सको नाममा नयाँ कर प्रावधान पनि छ । तर, यसको सामान्य मानिसको स्वास्थमा पर्ने असरको बारेमा सोच्न सुरु भइसकेको छैन ।

यस्ता रिसर्चहरुले अक्सफोर्ड युनिभर्सिटी र क्याम्ब्रिज युनिभर्सिटीसँग मिलेर यी उत्पादनहरुको मूल्य २० प्रतिशतले बृद्धि गर्दा मानिसमा पर्ने असरलाई मूल्यांकन गर्ने काम गरेको छ ।

यसको निष्कर्ष आश्र्चय पर्ने निस्किएको छ । सबै वर्गहरुमा, मूल्य बृद्धि भए लगत्तै १ दशमलव ३ किलोग्राम चिनीको खपत कम भयो । त्यस्तै, सफ्ट पेयको मूल्यमा यही तरिकाले बृद्धिदर हुँदा २ सय ३ ग्राम चिनीको खपत कम भएको पाइयो ।

स्न्याक्समा पनि कर

यस सर्वेक्षणको मुख्य लेखिकाका पाउलिन स्किलविकका अनुसार बि्रटेनको उदाहरणले कसरी वास्तविक स्थितिलाई ध्यानमा राखेर नियमहरु बनाउन सकिन्छ ? भन्ने कुरा बताउँछ । बिट्रेनमा मानिसहरु स्न्याक्समा धेरै चिनी खान्छन् र सफ्ट डि्रङ्क्सको प्रयोग कम गर्छन् ।

स्किलविक र उनकी सहयोगीहरुका अनुमानमा स्न्याक्समा लागइएको करले एक वर्षभित्र बिट्रेनमा मोटोपनको महामारीलाई २ दशमलव ७ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

स्किलविकका अनुसार कर लगाउनु प्रभावकारी हुन्छ । तर, यसको मोटोपन कम गर्न र स्वास्थ्य राम्रो बनाउने कुनै जादुको गोली भने होइन । तर, चिनीको खपत कम गर्नका लागि कर लगाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment