Comments Add Comment

बिराटनगरले बुटबललाई दियो १६६ रनको लक्ष्य

१० पुस, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को इलिमिनेटरमा बिराटनगर टाइटन्सले बुटबल ब्लास्टर्सलाई एक सय ६६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६५ रनको मजबुत स्कोर खडा गरेको हो ।

बिराटनगरका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ५४ बलमा २ छक्का र ६ चौकाको मद्दले ६१ रन बनाएर आउट भएका थिए । सुरुदेखि सुस्त खेलेका धमलाले पछाडि केही आक्रामक सट खेल्दै आफ्नो रनरेट सुधारेका थिए ।

पाचौं नम्बरमा आएका कप्तान प्रदीप ऐरीले महत्वपूर्ण म्याचमा महत्वपूर्ण योगदान दिए । उनले केवल १३ बलमा ४ छक्का र एक चौकासहित अविजित ३३ रन हान्दै बिराटनगरलाई उकासेका थिए ।

त्यसअघि ओपनर मोहम्मद जैद आलम र धमलाबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जैद १३ बलमा २० रन हान्दै रनआउट भएपछि तेस्रो नम्बरमा आएका लोकेश बमले २ छक्कासहित १७ बलमा १९ रन हिर्काए । यसैगरी पुनि महराले पनि २१ बलमा १९ रन बनाए । नोमन खान खाता नखोली आउट भए ।

बुटबलका लागि हार्स टङ्कले दुई विकेट लिएका छन् । अविनाश बोहरा र ललित सिंह भण्डारीले १–१ विकेट बाँडे । कप्तान सोमपाल कामीले विकेट लिन सकेनन् । ३ ओभर मात्र बलिङ गरेका उनले २२ रन खर्चेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment