Comments Add Comment

फुटबलमा टिकीटाका शैलीको अन्त्य भएकै हो ?

१३ पुस, काठमाडौं । सन् २०१० को अघिपछिका केही वर्ष फुटबलमा एउटा शैलीले प्रभाव जमायो । कतिसम्म भने त्यही शैलीले गर्दा स्पेनको राष्ट्रिय टोली अनि स्पेनिस क्लब बार्सिलोनाले पनि त्यो समय धेरै जित्यो ।

त्यो थियो टिकी टाका । अर्थात छोटो छोटो पास खेल्ने ।

स्पेनले यसे शैलीमा सन् २००८ को २०१२ को युरो कप अनि २०१० को विश्वकप जित्यो । बार्सिलोनाले २००९-१० मा धेरै जित्यो । दुवै किन सफल भए भने स्पेन र बार्सिलोना खेल्ने खेलाडी अधिकांश उही थिए ।

१० को दशकको शुरुवातमै स्पेन र बार्सिलोनामा सफल भएको यो शैलीको फुटबल अब नरहेको स्पेनी सञ्चार माध्यमहरुले चर्चा गर्न थालेका छन् । जुन खेलाडीले यो शैलीलाई प्राक्टिस गरे ती खेलाडीहरु अब फुटबलबाट बाई भन्ने बेलामा छन् भने खेल र ट्रफी जित्ने नयाँ स्टाइल शुरु भइसकेको छ ।

टिकी टाकाको शैलीलाई सही रुपमा लागु गर्ने प्रशिक्षक पेप ग्वार्डिओलाले समेत आफ्नो लेगेसी सकिन लागेको देखेका छन् ।

यहाँसम्मकी स्पानिस जायन्ट बार्सिलोनाले समेत एर्नेस्टो भालभर्डे आएपछि यो शैली चेन्ज गर्न थालिसकेको छ ।

पेप ग्वार्डिओलाले छाडेपछि बार्सिलोनासंगै जर्मन जायन्ट वायर्न म्युनिखले समेत धेरै परिवर्तन गरिसकेको छ । यसलाई एउटा उदाहारणले समेत प्रष्ट्याउँछ । ग्वार्डिओलाले बार्सिलोनामा अन्तिम सिजन बिताउँदा ७३ प्रतिशत पोजिसन थियो । अहिले त्यो ५७ प्रतिशतमा झरेको छ ।

यस्तै ग्वार्डिओला वायर्नमा रहँदा ७१ प्रतिशत पोसेसन रहेकोमा अहिले ५७ मै झरेको छ । युरोपमा रियल मड्रिडले मात्र गत सिजन त्यसअघिको सिजनको भन्दा बढी पोसेसन राखेको छ । २०१८ मा च्याम्पियन्स लिग जित्दा रियलको पोसेसन ६० प्रतिशत रहेकोमा २०१८-१९ मा ६२ प्रतिशत थियो ।

टिकी टाका शैलीलाई फलो गर्ने प्रशिक्षकहरु नै अहिले जागिर पाउनको लागि संघर्ष गरिरहेका छन् । मार्सेलो बिएस्ला अहिले इंग्लिस च्याम्पियनसिप क्लब लिड्समा छन् भने जोर्ज साम्पाओली अहिले कुनै जागिरमा छैनन् ।

अर्कोतर्फ जो प्रशिक्षकहरु नयाँ शैली अपनाइरहेका छन् उनीहरुले आफूलाई उच्च प्राथमिकतामा राख्न सफल भएका छन् । यसमा लिभरपुलका योर्गन क्लोप, रियल मड्रिडका जिनेदिन जिदान छन् जसले जागिरका साथै ट्रफीसमेत जितिरहेका छन् ।

च्याम्पियन्स लिगमा युरोपका ठूला क्लबहरुको पोसेसन पहिला र अहिले यस्तो छ

बार्सिलोना : ग्वार्डिओलाको अन्तिम सिजन ७३ प्रतिशत, अहिले ५७ प्रतिशत

वायर्न : ग्वार्डिओलाको अन्तिम सिजन ७१ प्रतिशत, अहिले ५७ प्रतिशत

इन्टर मिलान : २०११/१२ मा ५३ प्रतिशत, गत सिजन ४० प्रतिशत

लिभरपुल : २००९/१० मा ६१ प्रतिशत, गत सिजन ५१ प्रतिशत

म्यानचेष्टर युनाइटड : २०११ मा ६२ प्रतिशत, गत सिजन ४४ प्रतिशत

पीएसजी : २०१५/१६ मा ६३ प्रतिशत, अहिले ५४ प्रतिशत

रियल मड्रिड : गत सिजन ६२ प्रतिशत, यस सिजन ५६ प्रतिशत

भ्यालेन्सिया : २०१०/११ मा ६२ प्रतिशत, अहिले ४६ प्रतिशत

एट्लेटिको मड्रिड : २००९/१० मा ५४ प्रतिशत, अहिले ५० प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment