Comments Add Comment

सुशिललाई फिल्म नचल्दाको दबाब

नायक सुशिल श्रेष्ठ चलचित्र नचल्दाको दबाब महशुश गरिरहेका छन् । किनकी, चलचित्र क्षेत्रमा चलचित्र नचल्दा यसले करिअर लामो समयसम्म अगाडि बढाउन सक्दैन । यो बर्ष उनी अभिनित चलचित्र ‘बादशाह जुट’ चलेन । यसअगाडि पनि उनी अभिनित केही चलचित्र असफल भैसकेका छन् ।

यसैले, पनि उनलाई चलचित्र नचल्दाको जिम्मेवारी लिने वा नलिने पनि दोधार छ । चलचित्र ‘लभ डायरिज’को पत्रकार सम्मेलनमा उनलाई यस्तै जिम्मेवारीको प्रश्न सोझियो । सुशिल सुरुवातमा त यो प्रश्नको जवाफ दिने मुडमा थिएनन् । तर, पछि उनले आफ्नो कारणले चलचित्र नचलेको भए यसको जिम्मा लिन्छु भन्ने समेत भ्याए ।

हुनत, एउटा चलचित्र चल्नुमा कलाकारको मात्र दोष हुँदैन । चलचित्र नचल्नुमा निर्देशक, मेकर, अन्य कलाकार र कथा लेखक, प्राविधिक पनि जिम्मेवार हुन्छन् । नेपालमा कमै मात्र कलाकार छन्, जसको नाममा चलचित्र हेर्न हलसम्म दर्शक जान्छन् । तर, कलाकारको नामले चलचित्रको बारेमा राम्रो चर्चा भने बजारमा हुन आवश्यक छ ।
सुशिलले आफूहरुको कारणले चलचित्रको चर्चा नभएको खण्डमा बजारमा जे चलेको छ त्यसमा भर पर्नु निर्माताको अधिकारको कुरा हो भन्न समेत भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment