Comments Add Comment

ट्विनी गर्ल भन्छन्–‘हामी पनि मिहिनेत गरेर आएका हौं’

सामाजिक संजाल प्रयोगकर्ताहरुमा अहिले टिकटक निकै लोकप्रिय छ । १५ सेकेन्डको भिडियो निर्माण गरेर नै धेरै जनाहरु सेलिब्रिटी बनेका छन् । टिकटकबाट नै चर्चित बनेका छन्, प्रिन्सी र प्रिज्मा खतिवडा । जुम्ल्याहा यी दुइ–दिदी बहिनीले टिकटकमा ट्विनी गर्ल नाम राखेर भिडियो सार्वजनिक गर्ने गरेका छन् । यसबाट नै उनीहरु चम्किएका छन् ।

टिकटकमा भिडियो बनाएकै कारण उनीहरुले म्युजिक भिडियोमा काम गर्ने अवसर पाए । उनीहरुले आधा दर्जन भिडियोमा काम गरिसकेका छन् । चलचित्रमा पनि उनीहरुलाई अफर गर्नेहरु धेरै छन् । ट्विनी गर्लले चलचित्र ‘लभ डायरिज’को एक गीतमा भने नाच्न भ्याइसकेका छन् ।

उनीहरुले अभिनय गरेको ‘लभ डायरिज’को ‘छम छम’ बोलको गीत सोमबार सार्वजनिक भएको छ । कार्यक्रममा उनीहरुले गीत राम्रो लागेकाले नै काम गर्न तयार भएको बताए । उनीहरुले भने–‘हामीलाई धेरै गीतहरुको अफर आइरहेको हुन्छ । तर, हामीले गरिरहेका हुदैनौ । यो गीत राम्रो लागेर नै गरेका हौं ।’

चलचित्रका कलाकारमा विश्वास नभएर भाइरलको खोजी गरिएको भन्ने प्रश्न पनि कार्यक्रममा उठेको थियो । चलचित्रको निर्माणपक्षले भने यो कुरा घुमाउरो शैलीमा स्विकार गरेको थियो । तर, ट्विनी गर्लले भने यो कुरा स्विकार गरेनन् । प्रिन्सीले भनिन्–‘हामीलाई भाइरल भन्ने ट्याग लागेको छ तर यो कुरा हामी स्विकार गर्दनौं । किनभने भाइरल भनेको छोटो समयको लागि हुन्छ । हामी त १ वर्ष भइसक्यो । हामीले पनि त संघर्ष गरेका छौ । हामी भाइरल भएर उहाँहरुले प्रयोग गर्नुभएको होइन ।’

उनले, नाँच्न मात्र जानेर चलचित्रको नायिका नभइने पनि बताइन् । यसका लागि धेरै मिहिनेत गर्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment