Comments Add Comment

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र कविता उत्कृष्ट

१५ पुस, कैलाली । व्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

अवार्ड अन्तरगत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा व्याटमिन्टनका दाहालसँगै क्रिकेटका खड्ग बोहोरा र भारोत्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेका थिए । दुवै जनलाईपछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भए ।

वर्षको उत्कृष्ट महिला खेलाडी क्रिकेटकी कविता कुँवर भएकी छन् । कुँवरसँगै कुस्तीकी सङ्गीता धामी र हक्कीकी विन्दु विष्ट पनि मनोनयनमा परेका थिए ।

वर्षको उत्कृष्ट युवा खेलाडी सागर भण्डारी

वर्षको उत्कृष्ट युवा खेलाडी भने भारोत्तोलनका सागर भण्डारी भएका छन् । भण्डारीसँगै फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती पनि मनोनयनमा परेका थिए ।

वर्षको उत्कृष्ट प्रशिक्षक भने भारोत्तोलनका जीवन गौतम भएका छन् । गौतमसँगै कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका थिए ।

यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरिएको छ । आफ्नो तीन वर्षे कार्यकालमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो।

लाईफ टाइम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती  भनेर चिनिने श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटबलमा लामो समय सम्म योगदान दिए बापत लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।

अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफीसहित प्रदान गरिएको छ। अवार्डका संयोजक प्रदीप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम र स्पेशस अवार्ड विजेतालाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको बताए ।

गत आर्थिक वर्षमा खेलेका खेलाडीहरूको प्रस्तुति हेरेर अवार्ड दिइएको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले बताए । उनले पहिलो पटक आयोजना गरिएको स्पोर्स अवाड अब प्रत्येक वर्ष पुस १५ गते आयोजना गर्ने समेत बताए ।

खेलाडीहरूलाई अवार्ड दिँदै सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रदेशमा खेलकुदको विकास गर्ने बताए । मन्त्री सुबेदीले प्रदेशमा रहेका खेलाडीहरूको विकासमा यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment