Comments Add Comment

माछापुच्छ्रे बैंकको डेबिट-क्रेडिट कार्डमा ५ सय क्यासव्याक अफर

१५ पुस, काठमाडौं । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा रु.५०० सम्मको क्यास व्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरिविभिन्न बस्तु तथा सेवाखरिद गर्दा रु. ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो ।

उक्त योेजनाअनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा रु.५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि रु. ५०० फिर्ता पाउनेछन् ।

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवापसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा रु.५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि प्रत्येेक महिना रु ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ ।

माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment