Comments Add Comment

चेल्सी बराबरीमा रोकियो

काठमाडौं । नयाँ वर्ष २०२० को पहिलो दिने प्रिमियर लिगमा उत्कृष्ट गोल हुँदा चेल्सी बराबरीमै रोकिएको छ ।

चेल्सीका सेजार एजप्लिकुएटा २०२० मा लिगमा गोल गर्ने पहिलो खेलाडी बने तर ब्राइटन एण्ड होभ अल्विओनका अलिरेजा जहानबाखसको गोलले सबैको ध्यान तान्यो ।

उनकै उत्कृष्ट एकोरब्याटिङ गोल मद्दतमा ब्राइटनले १-१ को बराबरी खेल्दै चेल्सीसंग खोस्यो ।

एजप्लिकुएटाले खेलको १०औं मिनेटमै गोल गर्दै लण्डन क्लब चेल्सीलाई अग्रता दिलाएका थिए । तर खेल सकिन ६ मिनेट अगाडि जहानबाखसले लेविस डकको पासमा गोल गर्खै खेल बराबरी गरे ।

बराबरीपछि २१ खेलबाट ३६ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । समान खेलबाट २४ अंक जोडेको ब्राइटन १३औं स्थानमा उक्लेको छ ।

यस्तै अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई २-१ ले पराजित गरेको छ । जितपछि भिल्ला रेलिगेसन जोनबाट माथि उठेको छ । २१ खेलबाट २१ अंक जोडेको भिल्ला १६औं स्थानमा उक्लेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment