Comments Add Comment

राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी माग नगर्न मन्त्रालयको सर्कुलर

१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयहरुलाई सो निर्देशन दिएको हो ।

लोक सेवा आयोगले स्थानीय तहका लागि माग गरेको कर्मचारी सिफारिस हुने क्रम यथावत् रहेको अवस्थामा थप कर्मचारी माग गर्दा आवश्यकताभन्दा बढी कर्मचारी पूर्ति हुने भएकाले तत्काललाई पदपूर्तिसम्बन्धी माग नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । अर्को व्यवस्थापन नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरुको पद रिक्त भए पनि हाललाई माग आकृति फाराम भरेर नपठाउन परिपत्रमा भनिएको छ ।

हेर्नुहोस् परिपत्र:

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार स्थानीय तहका विभिन्न पदमा कर्मचारी माग गरेको लोक सेवा आयोगले परीक्षा सकाएर कर्मचारी सिफारिस गरिरहेको छ । आयोगका अनुसार, अझै केही पदको कर्मचारी सिफारिस हुन बाँकी छन् ।

तर, यसअघि माग भएका कर्मचारी लोक सेवाले सिफारिस नगर्दै स्थानीय तहले पदपूर्तिसम्बन्धी माग फाराम भरेर मन्त्रालयमा पठाइसकेका छन् । यसबाट दोहोरो पर्न गई व्यस्थापन पाटो दर्शाउँदै राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी तत्काल पदपूर्तिसम्बन्धी माग नगर्न भनिएको छ । राजपत्र अनंकितमा सुब्बा, खरदार पर्दछन् भने श्रेणीविहीनमा कार्यालय सहयोगीलगायत पर्दछन् ।

लोक सेवा आयोगले छनोट गरी नियुक्तिका लागि सिफारिस गरेका कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाजिर नगराएपछि व्यवस्थापनमा समस्या भइरहेको छ । तोकिएको कार्यालयमा हाजिर हुन नपाएका कर्मचारीहरु अन्यौलमा परेका छन् । लोक सेवाबाट सिफारिस भएका तर हाजिर हुन नपाएका कर्मचारीहरु करिब ६० जना रहेको मन्त्रालय स्रोतले बतायो । तल्ला तहका त्यस्ता कर्मचारीलाई पदस्थापन गराउने प्रयासमा मन्त्रालयले पछिल्लो परिपत्र गरेको हो । तल्ला तहका कर्मचारीहरुलाई पदपूर्ति नगर्न भनिए पनि उपसचिव, सहसचिव पदका कर्मचारीहरुको पदपूर्ति प्रक्रिया भने अगाडि बढाइएको छ ।

लोक सेवा आयोगबाट छनोट भएका कर्मचारीहरुको नियुक्ति सिफारिस र समायोजन भएका कर्मचारीहरुको पदस्थापन समान कार्यालय र समान पदमा भएपछि व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment