Comments Add Comment

कारको ठक्करबाट २२ वर्षीया युवतीको मृत्यु

१७ पुस, बुटवल । बुटवलमा भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको हो ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको नम्बर प्लेट खुल्न नसकेको कारले सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने कारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment