Comments Add Comment

धनुषा बम विस्फोटमा संलग्नताको आशंकामा एक जना पक्राउ

१८ पुस, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु हुने गरी भएको बम विस्फोटमा संलग्नताको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्नताको आशंकामा आदम राइन पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।  घटनामा राइनको संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश, उनका छोरा आनन्द र इलाका प्रहरी कार्याल्य महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment