Comments Add Comment

सिद्धबाबा प्रकरण : उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

१८ पुस, विराटनगर । महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्ने आदेश दिएको चारदिनपछि उच्च अदालत विराटनगरले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन भिकाउने आदेश दिएको हो ।

गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशको तीन दिनपछि सरकारी वकिलको कार्यालय सुनसरीले बिहीवार उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो ।

शुक्रबार मुख्यन्यायाधीश श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

गत कात्तिक ४ गते राति महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा गिरी मंसिर १६ गते पक्राउ परेका थिए । प्रहरीको अनुसन्धान अवधी विराट नर्सिङहोमको शैय्याबाटै कटाएका गिरीलाई जिल्ला अदालत सुनसरीका न्यायधिस राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

बलात्कार प्रकरणमा पीडित बाहिर आउनुलाई पनि प्रमाणको रुपमा मानिन्छ । सरकारी वकिलको कार्यालयले सिद्धबाबाले टेलिफोन गरी मुद्दा फिर्ता लिन दिएको दबाब, ५ कात्तिकमा महिलालाई हप्पाएको र घटना अघि दीक्षा दिने भन्दै महिलालाई म्यासेज गरी बोलाएकाले प्रमाण हुँदाहुँदै धरौटीमा छाड्ने विवादास्पद आदेश भएपछि जिल्लाको आदेश बदर गरी थुनामै राखेर अनुसन्धानको माग गर्दै बिहीबार उच्च अदालतमा निवेदन दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment