Comments Add Comment

यी हुन् बर्षका ५ प्रतिक्षित बायोपिक फिल्म

बलिउडमा बायोपिक चलचित्रको लहर चलेको छ । बायोपिक चलचित्रले व्यापारिक रुपमा सफलता पाएपछि बलिउडमा यसको लहर चलेको हो । गतबर्ष पनि केही बायोपिक चलचित्रले राम्रो व्यापार गरे । यसैले पनि चलचित्रका मेकरहरु अहिले बायोपिक कथामा चलचित्र बनाउन लागिपरेका छन् ।

यो बर्ष बलिउडमा केही यस्ता चलचित्र छन्, जसले व्यापारिक रुपमा पनि सफलता पाउने अपेक्षा गरिएको छ । यो बर्षको सुरुवातमै नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ‘छपाक’ रिलिज हुँदैछ । नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको यो चलचित्र एसिड पीडित लक्ष्मी अग्रवालको कथामा आधारित छ । हुनत, यो चलचित्रको निर्माणपक्षले यसलाई बायोपिक भनेको छैन । तर, पनि लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको प्रष्ट छ ।

यस्तै, क्रिकेटर कपिल देवको बायोपिक कथामा बनेको चलचित्र ‘८३’ पनि यो बर्ष रिलिज हुँदैछ । यो चलचित्रका लागि कपिलले मिहिनेत पनि गरेका छन् ।

नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘थलाभी’ पनि यो बर्ष रिलिज हुँदैछ । यो जयललिताको बायोपिक चलचित्र हो । तामिलनाडुकी मुख्यमन्त्री समेत रहिसकेकी जयललिताको भूमिकामा कंगना कस्तो देखिने हुन्, चलचित्र रिलिज भएपछि थाहा हुनेछ । तर, यो बायोपिक पनि दर्शकका लागि प्रतिक्षामा छ ।

नायिका विद्या बालन शकुन्तलादेवी नामक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्र शकुन्तलादेवीको कथामा निर्माण भएको छ, जसलाई ह्यूमन कप्युटरको नामले पनि चिनिन्थ्यो । यो चलचित्रका लागि विद्याले खुबै मिहिनेत पनि गरिरहेकी छिन् ।

नायिका परिणिती चोपडा यो बर्ष ब्याडमिन्टन खेलाडी साइना नेहवालको भूमिकामा देखिदैछिन् । यो चलचित्रका लागि उनी निकै मिहिनेत पनि गरिरहेकी छिन् । यी पाँच बायोपिक यो बर्षकै प्रतिक्षित चलचित्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment