Comments Add Comment

बुटवल उपमहानगरले बनायो निर्माण सामाग्रीको गुणस्तर परीक्षण प्रयोगशाला

१८ पुस, बुटवल । बुटवल उपमहानगरपालिकामा निर्माण साम्रागीको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना भएको छ ।

स्थानीय सरकार आफैंले सञ्चालनमा ल्याएको यो गुणस्तर प्रयोगशाला प्रदेश ५ मै पहिलो भएको उपमहानगरको दाबी छ ।

उक्त प्रयोगशालाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुक्रबार एक समारोहबीच उद्घाटन गरे ।

त्यस अवसरमा प्रमुख सुवेदीले भवन संहिताको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन प्रयोगशालाको महत्त्वपूर्ण भूमिका रहने बताए ।

बुटवलमा निर्माण कार्यकालागि प्रयोग गरिने सामग्रीको गुणस्तर नापजाँच अब यही प्रयोगशालामा गराइने छ ।

बुटवलले भवन संहिताको पूर्ण कार्यान्वयन गर्नुका साथै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम लागू गरेको छ ।

प्रयोगशालामा बुटवल र त्यस बाहिरका लागिसमेत दररेट निर्धारण गरिएको छ । प्रयोगशालामा सिभएनालाइसिस सब बेस तथा बेस, फिल्ड डेनसिटी, प्रोक्टर कम्प्याक्ट प्रतिसेट, कम्प्रेसिभ स्ट्रेन्थ क्युब र डक्टाइलको परीक्षण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment