Comments Add Comment

कामना अवार्डमा नीर शाह र सन्तु तामाङलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

ललितपुरमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा दुई चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई यो अवार्ड प्रदान गरिएको हो ।

कामना मासिकको आयोजनामा भएको अवार्ड समारोहमा पर्दा भित्र र पर्दा बाहिरका गरि २ चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

अवार्ड समारोहमा चलचित्रकर्मीहरुको उपस्थिती बाक्लो छ । कार्यक्रममा नायिका करिश्मा मानन्धर, पूजा शर्मा, स्वस्तिमा खड्का, सुहाना थापा, मेनुका प्रधानदेखि निर्देशक दीपाश्री निरौला, झरना थापा, दिवाकर भट्टराई लगायत पुगेका छन् । यस्तै, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, कलाकार प्रशान्त ताम्राकार लगायत पनि अवार्ड समारोहमा पुगेका छन् ।

यस्तै, अवार्ड समारोहमा नायक राजेश हमाल, भूवन केसी,  रमेश उप्रेती, धिरेन शाक्य, पल शाह, गौरव पहारी लगायत पुगेका छन् । कलाकारहरुले ‘कामना मासिक’ले चलचित्र क्षेत्रको विकासका लागि ठूलो योगदान पुर्याएको भन्दै अवार्डमा उपस्थित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment