Comments Add Comment

राजपाले टुंगो लगायो राष्ट्रियसभा सदस्यका उम्मेदवार

मृगेन्द्रकुमार सिंह यादव

१९ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्षद्धय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मृगेन्द्र अन्य समूह र शेखर अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेदवार हुनेछन् ।

राजपाले प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ । माघ ९ मा चुनाव हुने चार सिट मध्ये दुई सिट राजपाले लिएको छ भने दुई सिटमा उसले नेकपाको उम्मेदवारलाई समर्थन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment