Comments Add Comment

नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्धा दायर

२२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक हेमन्त केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर गरेको छ ।

सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत ७ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायव निरीक्षक केसीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिइएको टोलीले केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा केसीले घुस नदिए धरौटी रकम धेरै हालिदिने भन्दै उक्त रकम घुस लिएको देखिएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment