Comments Add Comment

गुल्मीमा भूकम्पले क्षति भएका १९४ विद्यालय भवन अझै बनेनन्

२५ पुस, गुल्मी । गुल्मीमा भूकम्पले क्षति भएका १९४ विद्यालय अझै पुनर्निर्माण भएका  छैनन् । २०७२ सालमा गएको भूकम्पले ती विद्यालयका ९०५ वटा कक्षा कोठाहरु पुनर्निर्माण गर्न बाँकी छ ।

भूकम्पले जिल्लामा ३११ विद्यालयका एक हजार २५२ वटा कक्षा कोठाहरु क्षति पर्‍याएको थियो । त्यसमध्ये ५२ विद्यालयका १५२ कक्षा कोठाहरु निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ, शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।

अबको एक महिनाभित्र थप २२ विद्यालयका १६८ कक्षाकोठाहरु निर्माण हुने उनको भनाइ छ । अन्य ४३ वटा विद्यालयका १२७ कक्षाकोठा र ३४ वटा शौचालय ०७७ असार मसान्तसम्म सम्पन्न हुने पन्थीले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षामार्फत निर्माण दुई कोठे भवन निर्माणको लागि २३ लाख ९० हजार, ३ कोठे भवनको लागि ३५ लाख ७० हजार, ४ कोठे भवनको लागि ७० लाख ४० हजार र शौचालय निर्माणको लागि १५ लाख रकम उपलब्ध गराउने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment