Comments Add Comment

भीमफेदीमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु

२५ पुस, काठमाडौं । मकवानपुरको हेटौंडा-भैंसे-पालुङ सडकखण्ड अन्तर्गत भीमफेदीको अगोरमा कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अन्य दुई जना भारतीय नागरिक घाइते भएका छन् ।

मृत्यु हुनेमा बा.१ य १२८३ नम्बरको कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमार रहेको प्रहरीले जनाएको छ ।

भीमफेदी गाउँपालिका-९ अगोरस्थित सडकमा शुक्रबार बिहान कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए । घाइते सन्तोषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २ जना भारतीय नागरिकको सोही अस्पतालमा उपचार भइरहेको र कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment