Comments Add Comment

ईपीएल क्रिकेट : दीपेन्द्र र सोमपाल साटासाट

२५ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्स र काठमाडौं किङ्ग्स इलाभेनले दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी साटासाट गरेका छन् ।

दीपेन्द्रलाई काठमाडौंले चितवनबाट किनेको छ भने सोमपाल भने काठमाडौंबाट चितवनमा आएका छन् । दुबै खेलाडीको मूल्य भने आयोजकले सार्वजनिक गरेको छैन ।

यस्तै काठमाडौंले नरेश बुढायरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई अनुबन्ध गरेको छ ।

यस्तै पोखरा राइनोजले शक्ति गौचनको स्थानमा लोकेश बमलाई ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment