Comments Add Comment

कैलाश विकास बैंकको साधारण सभा : प्राइममा गाभिने प्रस्ताव पारित

२४ पुस, काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको २६औ वार्षिक साधारण सभा सुक्रबार सम्पन्न भएको छ । बैकका अध्यक्ष नारायण पौडेलका अनुसार शेयर धनिहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभाले चुक्ता पुजिको १६ प्रतिसत बोनस शेयर र २.७७ प्रतिसत नगद लाभांश गरि जम्मा १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राईम कार्सियल बैकसंग समाहित (एक्युजिसन) को चरणमा रहेको उक्त बैकले, समाहित (एक्युजिसन) हुने प्रस्तावका साथ साथै, कैलाश विकास बैंकको १०० कित्ता शेयर वापत प्राईम कमर्सियल बैक लिमिटेडको ९४ कित्ता शेयर हुने गरि अर्थात १ः०.९४ को स्वप रेसियो पनि पारित गरेको बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
१०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरि वित्तिय सेवा विस्तार गरेको बैकको चुक्ता पुँजी झण्डै तीन अर्वको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म रु.३४ अर्व निक्षेप संकलन गरी रु.२९ अर्व कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment