Comments Add Comment

भिक्ट्री म्याराथनमा हरिबहादुर र कान्छीमाया पहिलो

काठमाडौं । जितगढी किल्लाको प्रवर्धन गर्न आयोजित भिक्ट्री म्याराथनको उपाधि हरिबहादुर रिमाल र कान्छीमाया कोजीले जितेका छन् ।

पुरुषतर्फ पहिलो हुने क्रममा रिमालले ४२.१९५ किमी दुरी २ घन्टा ३१.०२ सेकेण्डमा पुरा गरे । उनले एक लाख जितेका छन् । नेपाली सेनाका राजन रोकाया दोस्रो र कल्याण बानिया तेस्रो भएका छन् ।

महिलातर्फ २ घन्टा ५६.५१ सेकेण्डमा पुरा गर्दै कान्छीमाया पहिलो भइन् । नेपाली सेनाकी सरिता बासी दोस्रो र सशस्त्र प्रहरीले कृष्णेश्वरी सिन्तकला तेस्रो भएकी छन् ।

हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका गजेन्द्र राई र महिलातर्फ विश्वरुपा बुढा पहिला भएका छन् । यस्तै १० किलोमिटरमा आर्मीका शिव रायमाझी पुरुषतर्फ र सानुमाया कार्की महिलातर्फ पहिलो भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment