Comments Add Comment

दिलीप महतो हत्या प्रकरणको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगको माग

२७ पुस, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दिलीप महतोको हत्यारालाई कारबाही र पीडितलाई क्षतिपूर्ति  दिन माग गरेको छ ।

आयोगले आइतबार विज्ञप्तिमार्फत यस्ता घट्ना दोहोरिन नदिन निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्नसमेत माग गरेको हो ।

धनुषाको मिथिला नगरपालिका-५, श्रीनगरका २४ वर्षीय महतोको गत शुक्रबार हत्या भएको थियो ।

आयोगले हत्या प्रकरणमा अनुसन्धान समेत गर्ने भएको छ । नदीको अवैध उत्खनन् रोक्ने क्रममा हत्या गरिएका महतोको विषयमा अनुगमन तथा अनुसन्धान गर्ने टोली घट्नास्थलतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस दिलिप हत्या प्रकरण : फलामको रडले घोचेर खोलामा सुताइयो अनि टिपरले किचियो यो पनि पढ्नुहोस अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर मारिए दिलीप

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment