Comments Add Comment

पाँच गल्ती, जसले कलेजोको क्यान्सर हुनसक्छ

कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ । खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ । यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ ।

के हो कलेजो ?

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कति बयस्कमा यसको लम्बाई १५ सेमी -लगभग ६ इन्च) हुन्छ । यो नै शरीरको सबैभन्दा गहु्रँगो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको दाहिने भागमा हुन्छ ।

के काम गर्छ ?

यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ । यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो । रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ । हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ । तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ ।

कलेजोमा क्यान्सर कसरी हुन्छ ?

१. धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ, जो क्यान्सरमा बदलिन्छ ।

२. हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ ।

३. डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ ।

४. मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

५ मोटोपनको कारण कलेजोमा बोसो जम्छ । यसले पनि क्यान्सरको जोखिम बढाउँछ ।

कसरी थाहा पाउने ?

–     पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो ।

–     भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ ।

–     कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ ।

–     कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ ।

–     नियमित रुपमा ज्वरो आइरहन्छ । महिनौंसम्म उपचारपछि पनि निको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment