Comments Add Comment

स्मार्टफोन एवं ग्याजेटको प्रयोगले बच्चाको मनोविज्ञानमा असर

बच्चाहरुको शब्दकोश कमजोर

अहिलेका बालबालिकाले मोवाइल एवं ग्याजेट्स भनेपछि हुरुक्कै हुन्छन् । आमाबुवाले चाहेर वा नचाहेर उनीहरुलाई रोकटोक गरिरहेका हुँदैनन् । कतिपय आमाबुवाले त छोराछोरी भुलाउन, फकाउन पनि स्मार्टफोन दिने गर्छन् । जबकी यसको असर भने निकै भयानक छ ।

त्यसो त एक अध्ययन अनुसार पहिलेको तुलनामा अहिलेका बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ । यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र फोटोको लागि पोज दिन सिक्छन् ।

आजको यो स्मार्ट युगमा विभिन्न खाले स्मार्ट ग्याजेटले घेरिएका तपाईंका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त ?

सामाजिक र भावनात्मक विकासमा असर

स्मार्टफोन र इन्टरनेटले बच्चाको संवाद गर्ने कला र भावनात्मक विकासलाई पनि प्रभावित गरेको छ । स्मार्टफोनको उपयोगले बच्चा सानैमा आधुनिक र स्मार्ट त बन्छन् तर आफ्नै अभिभावकसँग उनीहरुको कनेक्सन कम भइरहेका छन् ।

अध्ययनका अनुसार बच्चाहरुले सबैभन्दा धेरै प्रत्यक्ष वा प्रत्यक्ष संवादबाट सिक्छन् । तर, स्मार्ट ग्याजेटको प्रयोगको कारण बच्चामा मानिसहरुसँग प्रत्यक्ष अन्तक्रिया कम हुन थालेको छ । यसले उनीहरुको समग्र सामाजिक विकास प्रभावित भइरहेको छ ।

बच्चाहरुको शब्दकोश कमजोर

दुई देखि तीन वर्षको उमेरसम्म हरेक बच्चाले बोल्न र सुन्न सिक्छन् । यसैक्रममा उनीहरुको आफ्नो शब्द भण्डार तयार हुन्छ । यसै उमेरमा यदि बच्चा स्मार्टफोनमा समय धेरै बिताउन थाले भने उनीहरुको बोल्ने र सुन्ने प्रक्रियामा बाधा आउँछ र उनीहरुको शब्दकोश कमजोर हुन्छ ।

स्मार्टफोनले बच्चाको स्वतन्त्र सोचलाई पनि प्रभावित गर्छ भन्ने कुरा अभिभावकहरुले सोच्नुपर्ने हुन्छ । यसले रचनात्मकतामा पनि असर पर्छ ।

दिनको १५-२५ प्रतिशत समय स्क्रिनमै

अध्ययनमा १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरुले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्कि्रनको अगाडि बिताउने तथ्य पत्ता लाग्यो ।

त्यस्तै १६ वर्ष भन्दा ठूला ६० देखि ६५ प्रतिशत किशोरकिशोरीले दिनको भने २० देखि ३० प्रतिशत समय स्कि्रनमा बिताउने कुरा पनि अध्ययनबाट पत्ता लाग्यो ।

आजभोली हामीहरु चारैतिरबाट स्कि्रनवाला डिभाइस जस्तै स्मार्टफोन, ट्याब्लेट, नोट, ल्यापटप, डेस्कटप, टिभीबाट घेरिएका हुन्छौं । सानैदेखि स्मार्टफोनको प्रयोग, टिभीमा फिल्म कार्टुन हेर्ने, ल्यापटप र ट्याबलेटको प्रयोग गर्ने बानीले बच्चाको आँखा त प्रभावित हुन्छ नै उनीहरुको मनोविज्ञान पनि प्रभावित हुन्छ ।

यँहा सम्म पकि आजभोली धेरै विद्यालयहरुमा प्रोजेक्टर र स्कि्रनको माध्यमले डिजिटल रुपमा अध्यापन गराइन्छ । यस्तो अवस्थामा धेरैजसो बच्चाले दिनमा कम्तीमा पनि १५० पटक स्क्रिन हेर्छन् ।

यसै कारण उनीहरु विभिन्न शारीरिक खेलहरु जस्तै फुृटबल, बास्केटबल लगायत अन्य खेलहरुबाट टाढा भएका छन् । अहिलेका बच्चा बिहान उठ्नासाथै मोबाईल चलाउन थाल्छन् ।

मस्तिस्कमा पर्छ नराम्रो असर

जब हामी यस्तो उपकरणहरु बच्चाहरुलाई दिन्छौं उक्त उपकरणबाट निस्कने आवाज र त्यसको प्रकाश प्रति बच्चाहरु प्राकृतिक आवाज र प्रकाशभन्दा धेरै आकषिर्त हुन्छन् । यसै कारणले नै बच्चाहरुको प्रकृति र समाजसँग जोडिने स्वभाविकता सकिन्छ ।

यदि बच्चा सानै देखि यी इलेक्ट्रोनिक्स स्कि्रन भएका उपकरणहरुको प्रयोग गर्छन् भने उनीहरुको दिमागी विकास यसले प्रभावित गर्छ ।

यी उपकरणहरुको कारणले मस्तिस्कमा विकसित हुने कैयौं महत्वपूर्ण कोषहरु उत्पन्न हुनासाथ विस्तारै विस्तारै नष्ट हुन थाल्छन् जसले बच्चा केही विशेष काममा पछाडि पर्छन् ।

खास कुरा त के हो भने यसमा धेरैजसो कोषहको विकास दोस्रोपटक हुँदैन र बच्चाहरुलाई मस्तिस्कको समस्या देखिन सक्छ र जीवनभर दुर्वलतासँग जुध्नुपर्छ ।

देखिन सक्छन् यी समस्याहरु

यी उपकरणहरुको प्रयोगले आमरुपमा बच्चाहरुमा देखिने समस्याहरु निम्न छन्ः

-कुनै एक चीजमा ध्यान केन्द्रित गर्न नसक्नु

-पढाईलेखाईमा मन नलाग्नु

-दिमाग एकाग्र नहुनु

-कुनै कुरा चाँडै नै भुल्ने बानी लाग्नु

-सहि र गलत छुट्याउने क्षमता कमी हुनु

-स्वभावमा परिवर्तन हुनु र एक्लै बस्न मनपराउनु

-अरुको कुरा नसुन्ने र नबुझ्ने हुनु

-जिद्दी स्वभावको हुनु र आमाबुबाले भनेको नमान्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment