Comments Add Comment

 बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन दबाव सिर्जना गरौं : मुख्यमन्त्री शाही

२८ पुस, नेपालगञ्ज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री शाहीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुवै समूहका व्यापारीसँगको छुट्टाछुट्टै भेटमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताए ।

बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा कर्णाली प्रदेशका सबै राजनीतिक शक्ति एकजुट रहेको पनि उनले उल्लेख गरे । ‘अझै पनि हामी त्यहाँ बृहत् छलफल गरेर यो मुद्दालाई सबैको साझा र व्यापक बनाउन चाहन्छौँ’ मुख्यमन्त्री शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment