Comments Add Comment

एक भोट पनि तलमाथि नहोस्, बरु चोर्नुस् : डा. कोइराला

२९ पुस, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनमा पार्टीको एउटा भोट पनि तलमाथि हुन नहुने बताएका छन् ।

सोमबार बिराटनगरस्थित कोइराला निवासमा राष्ट्रियसभाका उम्मेदवारहरुसहित उपस्थित स्थानीय जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘यो पटकको निर्वाचन जित्ने होइन, हामी सबैलाई थाहा छ । तर कांग्रेसको एउटा भोट पनि तलमाथि हुनु भएन ।’

सकिन्छ भने बरु भोट चोर्न उनले आग्रह गरे । ‘सम्झाएर बुझाएर जे गरेर हुन्छ एउटा बढी भोट दिलाउनु सक्नुभयो भने कांग्रेस अगाडि बढछ,’ उनले भनेका छन् ।

१४औं महाधिवेशन आएकाले पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि विपक्षीसँग लड्दा एक हुनुपर्ने उनले बताए ।

प्रदेश १ बाट कांग्रेसबाट महिलातर्फ धरान उपमहानगरपालिका–१ की ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुलातर्फ भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्र घिमिरे उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment