Comments Add Comment

अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणी पुस्तक बजारमा

१ माघ, काठमाडौं । सफलताको सारथी राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणीको किताब बजारमा आएको छ ।

गुरु पब्लिकेसनले प्रकाशन गरेको उक्त पुस्तक सम्झना पौडेल र सविन घिमिरेले लेखेका हुन् । राष्ट्रि अनुसन्धान विभागको सहायक सूचक चतुर्थ श्रेणी पदका उम्मेख्वारलाई उपयोगी हुने पब्लिकेशनले बताएको छ ।

२३२ जना सहायक सूचकका लागि विभागले विज्ञापन गरेर आवेदन माग समेत गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले यस पदमा माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समाबेशीबाट आदिवासी जनजाति, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रबाट समेत गरी १०४ जना नियुक्त गरिने जनाइएको छ ।

विज्ञापनमा उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment