Comments Add Comment

वैज्ञानिकको चमत्कार, प्लास्टिकबाट बनाए १८ क्यारेटको सुन

विश्व पर्यावरणका लागि प्लास्टिकजन्य फोहोर ठूलो चुनौती बनिरहेको छ । यद्यपि, कतिपय ठाउँमा प्लास्टिकबाट इन्धनका साथै सडक पिच गर्ने सामग्रीसमेत उत्पादन गर्न थालिएको छ । तर यसले प्लास्टिकको फोहोर उल्लेख्य रूपमा घटाउन सक्ने सम्भावना छैन । वैज्ञानिकहरूले हालै एउटा यस्तो उपलब्धि हात पारेका छन्, जसले प्लास्टिकको फोहोर निकै मूल्यवान हुने पुष्टि गरेको छ ।

स्विजरल्याण्डका वैज्ञानिकहरूले प्लास्टिकबाट १८ क्यारेटको सुन उत्पादन गर्न सफल भएका छन् । प्लास्टिकबाट सुन बनाइएको यो पहिलो घटना हो ।

स्विस विश्वविद्यालय इटिएच ज्यूरिचका वैज्ञानिक राफेल मेजेन्गाका अनुसार प्लास्टिकबाट बनेको सुन परम्परागत १८ क्यारेटको सुनभन्दा झण्डै १० गुणा हलुका छ । सुनको परम्परागत मिश्रणमा तीन चौथाइ सुन तथा एक चौथाइ तामा हुन्छ । जसको घनत्व १५ ग्राम प्रति घनसेमी हुन्छ । तर प्लास्टिकबाट बनेको सुनको घनत्व मात्र १.७ ग्राम प्रतिघन सेमी रहेको छ ।

प्लास्टिकबाट सुन बनाउनका लागि वैज्ञानिकहरूले सुनको न्यानो क्रिस्टल, प्रोटिन फाइबर तथा पानी र नुनको साथ एक पोलिमर लेटेक्सको घोल तयार गरे । उक्त घोललाई कार्वनडाइअक्साइड ग्यासको उच्च दबाबबाट प्रवाहित गरी त्यसलाई ठोस पदार्थमा परिणत गरियो ।

यसरी बनाइएको सुनको चमक पूर्ण रूपमा सक्कली सुनजस्तै रहेको छ तर वजन निकै हल्का छ ।

वैज्ञानिकहरूका अनुसार हलुका हुनुका कारणबाट यो सुन घडी तथा गहनामा प्रयोग गर्न निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment