Comments Add Comment

एक वर्षमा एनसेलका ५० भन्दा बढी टावरमा आगजनी

१ माघ, काठमाडौं । सन् २०१९ मा मात्र एनसेलका ३० जिल्लामा रहेका ५०भन्दा बढी टावरहरुमा आगजनी भएको छ । यसका कारणले गर्दा २५० भन्दा बढी टावरहरुले प्रदान गर्ने दूरसञ्चार सेवा प्रभावित भएको नेपाल दूरसञ्चार प्राधिकरण बताउँछ ।

सन् २०२० को वितेका दुई हप्तामा पनि देशका विभिन्न जिल्ला जस्तै तनहुँ, बारा, गोर्खा, सुर्खेत, नुवाकोट, ललितपुर लगायतका जिल्लामा रहेका टावरहरुमा आगजनी गरिएका छन् ।

सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसक्दा यस्ता घटना हुने गरेका छन् । यसका कारण आम उपभोक्ताहरु सञ्चार जस्तो अत्यावश्यक सेवाबाट बञ्चित बन्ने गरेका छन् ।

कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेको कम्पनीको भौतिक पुर्वाधारमा क्षति पुर्याइए पनि गृह मन्त्रालय र सुरक्षा निकाय यसतर्फ ध्यान नदिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

यस्ता गतिविधिले उपभोक्ताहरु अत्यावश्यक दूरसञ्चार सेवा प्रयोग गर्नबाट बन्चित हुने गरेको छन् । दूरसञ्चार सेवाका टावरहरुमा आगजनी गर्नु सार्वजनिक अपराध मानिन्छ । दूरसञ्चार ऐनले पनि यस्तो काम गर्न निषेध गरिएको छ ।

आगजनी लगायत क्रियाकलापले आन्तरिक र विदेशी लगानीकर्ताहरुलाई सर्शकित बनाउने अवस्था आएको चिन्ता प्राधिकरणको छ ।

कर विवादमा फसेको एनसेलले कम्पनी स्थापनापछि हालसम्म २१० अर्ब कर तिरेको  छ । गत आर्थिक वर्षमा मात्र एनसेलले सरकारी ढुकुटीमा विभिन्न शीर्षक अन्तर्गत ३४ अर्ब भन्दाबढी रकम तिरको विवरण सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतको फैसला र ठूला करदाता कार्यलय निर्धारण गरे बमोजिम हालै पहिलो किस्ताका रुपमा ४ अर्ब ५० करोड दाखिला गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment