Comments Add Comment

सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ माघ, काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका-१३ को साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कहरसिंह नेपालीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अध्यक्ष नेपालीले वन हेरालुलाई पारिश्रमिक दिनु पर्ने रकम अध्यक्ष आफैले लिएको आरोपसहित दुई लाख १६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाली अध्यक्ष रहेको बेलामा वन हेरालुलाई पारिश्रमिक वापत रकम उपलब्ध गराउँदा नक्कली बिल भरपाइ गरी उक्त रकम आफैले लिएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment