Comments Add Comment

फोनपेको क्यूआरमार्फत आकर्षक उपहार योजना

१ माघ, काठमाडौं । फोनपेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाइल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो ।

फोनपेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्ने कम्पनीले जनाएको छ ।

लक्की ड्र मार्फत विजेता सार्बजनिक गरिनेछ भने यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनुका साथै दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

यसैगरी हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउन कम्पनीले जानकारी दिएको छ।

यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment