Comments Add Comment

नबिल बैकको थप २३ नयाँ शाखा

१ माघ, काठमाडौं । नबिल बैंक लिमिटेडले २३ स्थानमा आफ्ना शाखा सञ्जाल बढाएको छ । सरल र सुलभ वित्तीय पहुँच पुर्‍याउने उदेश्यका साथ विभिन्न स्थानमा शाखा थपिएको हो ।

प्रदेश १मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा नयाँ शाखा खुलेका छन् । प्रदेश २ मा र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुरमना पनि नयाँ शाखा सञ्चालनमा आएका छन् ।

प्रदेश ३मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सामा नयाँ शाखा खुलेको छ । प्रदेश ४मा गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment